‘राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए’

Technology Khabar ३१ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

आजको बैठकको शून्य समयमा सांसद विद्या भट्टराईले पूर्वतयारी नगरीकन सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गरिँदा नागरिकले हैरानी पाएकाले यसलाई तत्काल समाधान गर्न आग्रह गरिन्। उनले वडास्तरमा निश्चित अवधि तोकेर घुम्ती शिविर सञ्चालन गर्न पनि आग्रह गरिन्।

सांसद मीना लामाले ‘विपन्न नागरिक उपचार कार्यक्रम’मा सबै रोगको उपचार गर्दा रु एक लाख बराबरको राहत रकम उपलब्ध गराउने व्यवस्था गरिए पनि पछिल्ला दिनमा उक्त उपचार सुविधाको सीमा घटाइएकोप्रति गुनासो गरिन्। उनले अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक रकमको व्यवस्था गर्नुपर्ने बताईन्। रासस

प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया