संसारभरिका लागी एप्पल भिजन प्रो मूल्यहरू सार्वजनिक

  • Technology Khabar | ३१ जेष्ठ २०८१, बिहीबार
संसारभरिका लागी एप्पल भिजन प्रो मूल्यहरू सार्वजनिक

काठमाडौं ।

एप्पल भिजन प्रो अब विश्वका धेरै क्षेत्रहरूमा रोल आउट हुने भएको छ। केही देशहरूले जून २८ तारिखमा एप्पल भिजन प्रो प्राप्त गर्ने भएका छन् भने केहीले जुलाई १२ तारिखसम्म कुर्नुपर्ने छ।

जाइस अप्टिकल इन्सर्टहरूको लागि ११५ यूरो र प्रिस्क्रिप्शन संस्करणको लागि १७० यूरो जस्ता त्यहाँ केहि अप्सनल कस्ट (वैकल्पिक लागत)हरू छन्।

त्यसैगरी ट्राभल केसको लागी अतिरिक्त २२० यूरो लाग्ने छ र यदि आकस्मिक क्षतिको बारेमा चिन्तित हुनुहुन्छ भने, भिजन प्रो को लागी एप्पलकेयर प्लसको एक वर्षको लागि ५५० यूरो मूल्य लागत लाग्ने थप उल्लेख गरिएको छ।

स्ट्यान्डर्ड किटमा दुवै सोलो निट ब्यान्ड र डुअल लूप ब्यान्ड, एक पर्सनलाइज्ड लाइट सिल, कभर, पोलिसिङ क्लोथ (कपडा), यूएसबी–सी चार्जिङ केबल र पावर एडाप्टर समावेश रहेका छन्। साथै पर्सनलाइज्ड लाइट सिल” मा तपाईंलाई आफ्नो अनुहार स्क्यान गर्नको लागि फेस आईडी भएको आईफोन वा आईप्याड चाहिने जनाइएको छ।

हेडब्यान्ड र लाइट सील सही साइज र आकार हुनका लागि यसमा ध्यान दिनका लागि आग्रह गरिएको छ। साथै यदि जाइस प्रिस्क्रिप्शन इन्सर्टहरू चाहिएको खण्डमा एप्पल हेल्थबाट आफ्नो प्रिस्क्रिप्शन डाटा आयात गर्न सकिने थप उल्लेख गरिएको छ।

यो हेडसेट भिजनओएस १.२ को साथ आइपुग्छ भने भिजनओएस २.० अपडेट यस जाडो याममा उपलब्ध हुने एसएमएरिनामा उल्लेख गरिएको छ।

२५६ जीबी एप्पल भिजन प्रोको अनुमानित मूल्यहरू यहाँ छन्ः

प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ड्रोनबाट मतदान स्थल निगरानी गरिने

  • Technology Khabar
  • ३१ जेष्ठ २०८१, बिहीबार