‘चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत’

  • Technology Khabar | ३० जेष्ठ २०८१, बुधबार
‘चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत’

काठमाडौं ।

बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् ।

पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युतीय सवारी साधनमा असाधारण करको घोषणा गर्नु गलत भएको बताए।

सन् २०१७ देखि २०२० सम्म चीनमा कार्यरत ब्रान्स्टाडले भने, “मलाई लाग्छ बाइडेनको यो ठूलो गल्ती थियो र ट्रम्पको अभियानले वास्तवमै त्यसैमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछजस्तो मलाई लाग्छ।

कूल छ कार्यकालको लागि आयोवा गभर्नरको रूपमा सेवा ब्रान्स्टाडले भने, “यो कदमले बाइडेनलाई अभियानमा घाटा लाग्नेछ । उहाँको विद्युतीय वाहनसम्बन्धी जनादेश उपभोक्ताहरूसँग लोकप्रिय छैन।”

उनले थपे, “उपभोक्ताहरू विकल्प चाहन्छन्, बाइडेनले अमेरिकामा विद्युतीय सवारी साधनमा ध्यान केन्द्रित गरेर र अनिवार्य गर्ने प्रयास मा ‘ठूलो गल्ती’ गर्नुभयो ।”

ब्रान्स्टेडका अनुसार दुर्लभ खनिजहरूको पहुँचका कारण चीनले र अमेरिकाको तुलनामा धेरै कम लागतमा विद्युतीय सवारी साधन उत्पादन गर्न सक्छ।

चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको ब्रान्स्टेडले बताए। रासस/सिन्ह्वा

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...