चीनले फाईभजीको पाँच वर्ष मनाउँदै, ह्वावे अब फाईभ पोईन्ट फाईभजी तर्फ केन्द्रित

Technology Khabar ३० जेष्ठ २०८१, बुधबार

काठमाडौं ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले देशमा फाइभजीको व्यावसायिक प्रयोगको पाँच वर्षको सम्झनामा एक कार्यक्रम आयोजना गरेको छ।

फोरमले फाईभजी विकासमा चीनको उपलब्धिहरूमा प्रकाश पार्दै, हाल चीनमा ३.७ मिलियन बेस स्टेशनहरू र ८८९ मिलियन प्रयोगकर्ताहरूका साथ विश्वको सबैभन्दा ठूलो फाईभजी नेटवर्क रहेको उल्लेख गरेको छ।

फाईभजी–ए ले राम्रो ब्यान्डविथ र ल्याटेन्सि प्रदान गर्नेछ।

मोबाइल सञ्चार विकासको अर्को चरणको रूपमा फाईभ पोईन्ट फाईभजी (५.५जी पनि) भनिने गरिएको फाईभजी–ए मा जोड दिनु एउटा महत्त्वपूर्ण कदम भएको उल्लेख गरिएको छ। साथै ह्वावेका काओ जिबिनले फाईभजी–ए को स्पिड, ल्याटेन्सी र पोजीसन जस्ता नेटवर्क क्यापाबिलिटिज (क्षमताहरू) मा उल्लेखनीय सुधारको सम्भावनालाई जोड दिएका छन्।

यो विकास, एआई एसिस्टेन्टहरू र व्यापक डाटा प्रोसेसिङ जस्ता प्रगतिहरूलाई समर्थन गर्नका लागि फास्टर (छिटो), थप स्टेबल कनेक्सन (स्थिर जडान) हरूको बढ्दो आवश्यकताद्वारा चालित भएको उल्लेख छ। फाईभजी–ए ले सब–मिटर पर्सेप्सन र सेन्टिमिटर–लेभल क्यापाबिलिटिजका साथै ब्यान्डविथ र ल्याटेन्सिामा दश गुणा वृद्धि गर्ने प्रतिज्ञा गर्ने दाबी छ।

काओ जिबिनले कम्प्युटिङ पावरको मागहरु विशेष गरी एआई एप्लिकेसनहरूको लागि वृद्धि हुने भविष्यवाणी गरेको उल्लेख छ। साथै उनले डाटा सेन्टरहरूलाई एआई सुपर कम्प्युटर्समा रूपान्तरण गर्नका लागि कम्प्युटिङ, स्टोरेज र नेटवर्किङलाई एकीकृत गर्ने प्रस्ताव राखेको थप जनाइएको छ। यसबाहेक चिप उत्पादनमा सीमितताहरू स्वीकार गर्दै, उनले विभिन्न क्षेत्रहरूमा सहकार्य मार्फत नेटवर्क पूर्वाधारलाई अनुकूलन गर्ने सम्भावना देखेको बताए।

उक्त फोरम फाईभजी–ए को पूर्ण क्षमता अनलक गर्नका लागि भनेर उद्योगव्यापी सहयोगमा नीति समर्थन, निरन्तर नवप्रवर्तन र टेक्नोलोजी चेनमा साझेदारीलाई बढावा दिने जस्ता विषयहरु समावेश रहेको जनाइएको छ।

सम्भावित रूपमा स्मार्ट कारखानाहरू, कनेक्टेड कारहरू र कम उचाइको अर्थतन्त्र जस्ता क्षेत्रहरुमा एप्लिकेसन्सहरू मार्फत ट्रिलियन डलरको उद्योग सिर्जना गर्दै विभिन्न परिदृश्यहरूमा “फुल कनेक्टिभिटी” (पूर्ण जडान) प्राप्त गर्नमा ध्यान केन्द्रित गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया