एप्पलको वार्षिक डेभलपर्स कन्फरेन्स आज आयोजना हुँदै, यी फिचर र अपग्रेड आउनसक्ने

Technology Khabar २८ जेष्ठ २०८१, सोमबार

काठमाडौं ।

एप्पलको वर्ल्डवाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी २०२४) आज जून १० तारिखमा  क्यालिफोर्निया स्थित एप्पल पार्कमा हुँदैछ। यस कार्यक्रममा एआई नै घोषणाहरूको प्रमुख विषयवस्तु हुन गइरहेको छ भने आईओएस १८, आईप्याडओएस १८, म्याकओएस १५, वाचओएस ११, टिभिओएस १८ र भिजनओएस २ मा नयाँ घोषणा हुनेछन्।

एप्पलले अब एआई एक्रोनमलाई “आर्टिफिसियल इन्टेलिजेन्स” (कृत्रिम बुद्धिमत्ता) को सट्टा “एप्पल इन्टेलिजेन्स” को रूपमा पुनः परिभाषित गर्ने अनुमानहरू रहेका छन्। जानकारी भएसम्म, एआई टुल्स आईफोन, आईप्याड र म्याकमा आउँदैछन् भने, यी ओपनएआई र यसको च्याटजीपीटी मोडलहरूद्वारा संचालित हुने सम्भावना रहेको छ।

उद्योग भित्रका स्रोतहरूका अनुसार, एप्पलको एआईको प्रारम्भिक लहरले अन–डिभाइस प्रोसेसिङलाई प्राथमिकता दिने र गोपनीयता मुद्दाहरूलाई कम गर्न आवश्यक हुँदा क्लाउडमा मात्र भरपर्ने छ। धेरै जस्तो फिचर्स (सुविधाहरू) लाई प्रारम्भमा अप्ट–इन बिटा प्रोग्रामहरूको रूपमा रिलिज गरिनेछ भने यसको लागि आईफोन १५ प्रो वा त्यस भन्दा नयाँ वा एम१ चिप वा यो भन्दा नयाँ चिपको साथ आईप्याड/म्याक आवश्यक पर्ने छ।

इमेज र भिडियो जेनेरेसन (उत्पादन) को सट्टा दैनिक कार्यहरू सरल र स्वचालित गर्नका कन्भिनियन्स फिचर्स (सहज सुविधाहरू) मा फोकस हुने रिपोर्टले उल्लेख गरेको छ। तसर्थ एआई अब एप्पलका आफ्नै अन्य धेरै एपहरूमा थपिने छ।

त्यसैगरी फिचर्स (सुविधाहरू) का केही हाइलाइटहरूमा वेब पजेस, नोट्स, मेसेजेस र नोटिफिकेसन्स, इमेलहरू र टेक्स्टहरूको लागि रिप्लाई सजेजेस (सुझावहरू), स्वचालित ट्रान्सक्रिप्शन, र भ्वाइस मेमोहरूका लागि समरिज (सारांशहरू) को सम्भावित उत्पादनहरू समावेश रहेका छन्।

सिरी अझ धेरै स्मार्ट हुने अपेक्षा गरिएको छ र एप फिचर्स (सुविधाहरू) र एक्सन्स (कार्यहरू) मा सटिक नियन्त्रण हुने जनाइएको छ। सुरुमा फर्स्ट–पार्टी (पहिलो–पक्ष) एपहरूमा प्राथमिकता हुनेछ भने अर्को वर्ष थर्ड–पार्टी (तेस्रो–पक्ष) एप एकीकरणको अपेक्षा गरिएको उल्लेख छ। साथै फोटोज एपमा पनि वस्तु र व्यक्तिहरू हटाउने लगायतका सम्पादन सुविधाहरूमा परिष्कृत हुने अपेक्षा गरिएको छ।

फ्लाई (उड्ने) टेक्स्टमा आधारित एआई–क्रिएटेड इमोजीहरू पनि सायद अर्को एक नयाँ विषय हुनेछ। साथै एक्सकोडले केहि एआई–पावर्ड (संचालित) कोड अटोकम्प्लिसन फिचर्स (स्वतः पूर्णता सुविधाहरू) प्राप्त गर्ने सम्भावना रहेको थप उल्लेख छ।

एआई बाहिरका केहि अन्य अपेक्षित सफ्टवेयर अपग्रेडहरू आउन सक्नेछन्ः

  • आईओएस १८ होम स्क्रिनः स्वतन्त्र रूपमा आइकनहरू राख्ने र आइकन रङहरू परिवर्तन गर्ने क्षमता।
  • कन्ट्रोल सेन्टरः सर्टकट बटनहरू र मल्टिपल पेजेस (धेरै पृष्ठहरू), अपग्रेड गरिएको म्यूजिक विजेट, र स्मार्ट होम कन्ट्रोल (नियन्त्रणहरू) रिअरेन्ज (पुनः व्यवस्थित) गर्नको लागि नयाँ इन्टरफेस।
  • सेटिङ एपः थप राम्रो अर्गनाइजेसन (संगठन) र नेभिगेसन र आईओएस, आईप्याडओएस र म्याकओएस मा थप भरपर्दो सर्च (खोज)।
  • मेसेजस एपः आरसीएस सपोर्ट (समर्थन), सेड्युल्ड मेसेजेस (निर्धारित सन्देशहरू), व्यक्तिगत शब्दहरू र रंगीन ट्यापब्याक आइकनहरूको साथ ईफेक्ट्स (प्रभाव) ट्रिगर गर्ने क्षमता।
  • पासवर्ड्स एपः आईक्लाउड कीचेन फिचर (सुविधा) लाई प्रतिस्थापन गर्नको लागि नयाँ पासवर्ड म्यानेजर र अटोफिल एप।
  • क्याल्कुलेटर एपः डिभाइसहरूमा नयाँ र एकीकृत लुकको साथ अब अन्ततः आईप्याडमा आउँदैछ।
  • क्यालेन्डर एपः रिमाइन्डर एपबाट नयाँ डाटा इन्टिग्रेसन।
  • हेल्थ एपः थप राम्रो रक्तचाप डाटा ह्यान्डलिङ र सम्भवतः उच्च रक्तचाप पत्ता लगाउने, एयरपड्सको साथमा हेयरिङ टेस्ट सपोर्ट (श्रवण परीक्षण समर्थन) र गर्भवती प्रयोगकर्ताहरूको लागि टेलर्ड फिचर्स (अनुकूल सुविधाहरू)।
  • वाचओएस ११ः क्वेरिज (प्रश्नहरू) मा आधारित रेसपोन्स फम्र्याटिङ (प्रतिक्रिया ढाँचा) को साथ नयाँ सिरी इन्टरफेस, फिटनेस जस्ता मुख्य एपहरूमा प्रमुख परिवर्तनहरू।
  • म्याकओएस १५ मा सफारीः सुदृढ गोपनीयता मेजर्स (उपायहरू) सहित साना परिवर्तनहरू।
  • नयाँ वालपेपर प्याक्सः आईओएस र म्याकओएस दुवैमा पुरानो आइकन भर्सनहरू र डिजाइनहरूको सन्दर्भमा।
  • भिजनओएस २ः भिजन प्रो को लागि ओएसलाई नयाँ वातावरण, पासवर्ड एप र एपहरूको केही आईप्याड भर्सनहरू समावेश गर्न अद्यावधिक गरिनेछ।

डब्ल्यूडब्ल्यूडीसी २४ मा कुनै पनि नयाँ हार्डवेयर घोषणाहरूको अपेक्षा गरिएको छैन्, तर, त्यहाँ केही टिजरहरू हुन सक्ने उल्लेख गरिएको छ।

कहाँ हेर्ने लाइभ ?

डब्ल्यूडब्लूडीसी २४ क्यालिफोर्नियाको एप्पल पार्कमा सिमित तथा आमन्त्रित विकासकर्ताहरूका साथमा भाषणको साथ सुरु हुनेछ। लाइभ स्ट्रिमिङ कम्पनीको युट्युब च्यानल, एप्पल वेबसाइट, एप्पल डेभलपर एप र एप्पल टिभी एप मार्फत विश्वव्यापी रूपमा हुनेछ। की नोट स्पीच आज स्थानिय समय अनुसार बिहान १० बजेदेखि तथा नेपाली समयअनुसार राती १०ः ४५ मा सुरु हुने तालिका छ।

एप्पलले आफ्नो प्लेटफर्म स्टेट अफ द युनियन एप्पल डेभलपर एप र एप्पल डेभलपर वेबसाइटमार्फत स्थानीय समयअनुसार १ बजे स्ट्रिम गर्नेछ, जहाँबाट प्रशंसक र विकासकर्ताहरूलाई अपरेटिङ सिस्टम अपडेटमा आउने नयाँ सुविधाहरूको बारेमा जानकारी दिनेछ।

प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया