Technology Khabar २८ जेष्ठ २०८१, सोमबार
काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का ६ कर्मचारीलाई ६ दिन थुनामा रहने भएका छन्।
जिल्ला अदालत काठमाडौँले सुन तस्करीमा समेत कनेक्सन देखिएका दुई ओटा कम्पनीका कर्मचारीहरुलाई थुनामा राख्न आइतबार आदेश दिएको हो।
शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीकाअनुसार, पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए।
६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानको क्रममा यी दुई भुक्तानी सेवा प्रदायक जोडिएको सीआईबीले जनाएको छ।
सुनको अवैध कारोबारका साथै क्रिप्टो र हुण्डी कारोबारमा समेत यी दुई कम्पनी जोडिएको दाबी सीआईबीको आशंका छ।
यसअघि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पनीको बैंक खाता रोक्का गरेको थियो।
प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार