आईटी क्षेत्रमा कटौती जारी, माइक्रोसफ्टबाट १,००० भन्दा बढी कामदार निकालिए

  • Technology Khabar | २८ जेष्ठ २०८१, सोमबार
आईटी क्षेत्रमा कटौती जारी, माइक्रोसफ्टबाट १,००० भन्दा बढी कामदार निकालिए

काठमाडौं ।

पछिल्ला केही महिनामा सूचना प्रविधि क्षेत्रबाट ठूलो संख्यामा कामदार निकालिएको छ। माइक्रोसफ्ट, ठूला आईटी कम्पनीहरू मध्ये एकले आफ्नो मिक्स्ड रियालिटी इकाईबाट १ हजार भन्दा बढी कामदारहरूलाई निकालेको छ। यो एकाई होलोलेन्स २ (HoloLens 2) अग्मेन्टेड रियालिटी  (संवर्धित वास्तविकता) हेडसेटसँग जोडिएको छ।

द इन्फर्मेशनको रिपोर्टमा माइक्रोसफ्टको क्लाउड सफ्टवेयर र सर्भिस भाडा व्यवसायसँग सम्बन्धित टोलीमा पनि कटौती गरिएको बताइएको छ। माइक्रोसफ्टका प्रवक्ताले मिक्स्ड रियालिटी एकाइमा कटौतीको पुष्टि गरेका छन्। उनले भने कि यो लेअफले होलोलेन्स २ र अग्मेन्टेड रियालिटीसँग सम्बन्धित अन्य कार्यक्रमहरूलाई असर गर्दैन।

पछिल्ला केही महिनाहरूमा, माइक्रोसफ्टले मिक्स्ड रियालिटीसँग सम्बन्धित एकाइहरूमा आफ्नो लगानी घटाएको छ। तर, कम्पनीले होलोलेन्स प्रति प्रतिबद्ध रहेको बताएको छ।

यसअघि माइक्रोसफ्टले आफ्नो गेमिङ डिभिजनबाट करिब १,९०० कामदारलाई हटाउने निर्णय गरेको थियो। यसमा एक्टिभिजन ब्लिजार्ड र एक्सबक्सका कामदारहरू सामेल थिए। यसको गेमिङ डिभिजनमा करिब आठ प्रतिशत कर्मचारीलाई हटाइयो। यी मध्ये धेरै जसो एक्टिभिजन ब्लिजार्डका छन्।

माइक्रोसफ्टले भिडियो गेमिङ बजारमा आफ्नो स्थिति बलियो बनाउन लगभग ६९ बिलियन डलरमा एक्टिभिजन ब्लिजार्डलाई खरिद गरेको थियो। यस बजारमा जापानको उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी सोनी पहिलो स्थानमा छ।

यसअघि इन्टरनेट सर्च इन्जिन गुगल चलाउने अल्फाबेटलगायत धेरै ठूला टेक्नोलोजी कम्पनीहरूले हजारौं कामदारलाई निकालेका थिए।

प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार