Technology Khabar २८ जेष्ठ २०८१, सोमबार
काठमाडौं ।
आईफोन र एप्पल वाचहरूमा हुने गरेका हेयरलाइन क्र्याक अर्थात मिहिन टुटफुटहरूलाई दुर्घटनात्मक क्षतिको रूपमा रिक्लासिफाईड (पुनः वर्गीकृत) गरिएको छ। यसका साथमा, अब तिनीहरू स्ट्याण्डर्ड (मानक) वारेन्टी अन्तर्गत कभर नहुने भएको छ।
यस हप्ताको सुरुदेखि एप्पलको वारेन्टी नीतिमा भएको परिवर्तनले अब साना किसिमका क्र्याकहरु वा मिहिन टुटफुटलाई समेत आफ्नै खर्चमा मर्मत गर्नुपर्ने भएको हो।
यस अघि हेयरलाइन क्र्याकहरू ( जसले दृश्यमा कुनै प्रभाव देखा नपर्ने) एक निःशुल्क मर्मत सेवामा समावेश हुने गरेक थियो। आईप्याड र म्याकका लागि अझै पनि पहिलेकै नीति कायम गरिएको भएतापनि एप्पल स्टोरहरू र एप्पल अर्थोराइज्ड सर्भिस प्रोभाइडर्स (सेवा प्रदायकहरू) लाई आईफोनहरू र वाचहरू पनि अब मर्मतअन्तरगत हुने छैनन् भनेर सूचित गरिएको छ।
एप्पलकेयर प्लससँग आकस्मिक क्षति सुरक्षा रहेको छ। तसर्थ ३८० अमेरिकी डलरको (आईफोन १५ प्रो म्याक्सको लागि) स्क्रिन प्रतिस्थापनका लागि केवल २९ अमेरिकी डलर खर्च हुने उल्लेख छ। यसको लागि १० अमेरिकी डलर प्रति महिनाको सदस्यता (२ वर्षको लागि २०० अमेरिकी डलर) उपलब्ध भएको र चोरी वा हानी नोक्सानी भएको खण्डमा भने थप शुल्क तिर्नुपर्ने छ।
नीति परिवर्तनलाई के कुराले उत्प्रेरित गर्यो वा आईप्याड र म्याकहरूको निशुल्क मर्मत विकल्पलाई कति समयसम्म कायम राख्नेछन् भन्ने बारेमा कुनै पनि स्पष्टता नभएको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।
प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार