सञ्चालनमा आयो बुटवलमा चार्जिङ स्टेसन

Technology Khabar २७ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

बुटवलको एक सहकारीले एक करोड रुपियाँ लगानीमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

बुटवल सुक्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा ‘फास्ट चार्ज’ सहितको चार्जिङ स्टेसन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सहकारीले जनाएको छ। स्टेसनमा ६० किलोवाट क्षमताको सिसिएस–२ डबल गनको एउटा मेसिन तथा ६० किलोवाटकै जिबिटी डबल गनसहितका दुई ओटा मेसिन जडान भएको छ।

करिब एक करोड रुपियाँको लगानीमा सञ्चालनमा ल्याइएको स्टेसनमा एकैसाथ छ वटा सवारीसाधनलाई चार्ज गर्न सकिने छ । चार्जमा लगाएका सवारी आधा घण्टादेखि एक घण्टाभित्रमा फुल चार्ज हुने सहकारीले जनाएकोछ।

पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिसरमा स्थापना गरिएकोचार्जिङ स्टेसनबाट दैनिक ८० देखि ९० भन्दा बढी सवारीसाधनलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिए।

प्रकाशित: २७ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया