स्टार्टअप उद्यम कर्जा सिफारिसको सूची प्रकाशित

Technology Khabar २६ जेष्ठ २०८१, शनिबार

काठमाडौं ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअपलाई प्रबर्द्धन गर्नका लागि उद्यम कर्जाका लागि सिफारिस गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत योग्य सूचीमा परेका व्यावसायिक परियोजनाको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा सिफारिस सूची प्रकाशित गरेको जनाएको छ।

जसअनुसार, स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०५० को दफा ९ को उपदफा ६ बमोजिम पचास प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गरेका प्रस्तावकहरूको विवरण र थप जानकारी प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा प्रकाशित गरिएको हो।

प्रकाशित: २६ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया