आईफोन १६ प्रोमा संसारको सबैभन्दा पातलो बेजेल्स हुने

Technology Khabar २५ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

आगामी सेप्टेम्बर महिनामा लन्च हुने अपेक्षा गरिएको एप्पलको आगामी आईफोन १६ प्रोमा अहिलेसम्मको सबैभन्दा पातलो स्क्रिन बेजेलहरू हुने चिनियाँ टिपस्टरहरूका दुई नयाँ रिपोर्टहरूले उल्लेख गरेका छन्।

उक्त दुई मध्ये एक रिपोर्टले सही आकारको बारेमा जानकारीसमेत उपलब्ध गराएको छ। आईफोन १६ प्रोको बेजेल्स १.२ एमएम हुनेछ भने आईफोन १६ प्रो म्याक्समा १.१५ एमएम बेजेल्स रहने उल्लेख गरिएको छ।

त्यसैगरी उक्त स्रोतले आईफोन १५ प्रोको बेजेलहरू १.७१ एमएम मापन गर्ने उल्लेख गर्दै डिभाइसहरू बीच ठूलो भिन्नता नहुने बताएका छन्। साथै यी डिभाइसहरूलाई छेउमा सँगसँगै राखेर हेर्दा कति भिन्नता रहेको भनेर एकदम स्पष्ट रुपमा देख्न सकिने उल्लेख छ।

त्यसैगरी आईफोन १६ प्रो र प्रो म्याक्सले ग्यालेक्सी एस२४ लाईनका साथै हालसम्म लन्च गरिएका अन्य सबै डिभाइसहरूलाई पछाडि पार्नेछ।

यसबाहेक, आईफोन १६ प्रोले आईफोन १५ प्रो म्याक्सको ५एक्स टेट्राप्रिज्म टेलिफोटो प्राप्त गर्ने अपेक्षा गरिएको छ भने आईफोन १६ प्रो म्याक्सले नयाँ ४८ मेगापिक्सेलको अल्ट्रावाइडका साथै उच्च घनत्वयुक्त ब्याट्री पनि प्राप्त गर्नसक्ने जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया