
काठमाडौं ।
सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ।
यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको आइ.सि.सि. टि-२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गरिनेछ।
सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हाल सम्म २०,००० बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ।
अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआईको माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू-उपग्रहको सहयोग बाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि चिना साथै च्याटबटको माध्यम बाट किसानलाई सहजै कृषि बजार मूल्यम मौसम र विविध जानकारी दिने लगायतका अन्य विविध सेवासुविधा सुपर कृषक एपले निशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ।
यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताएको छ।
यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गरेको रनले कुनै भूगोलका नेपाली सिमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने जनाएको छ।
प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार