
काठमाडौं ।
जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग खेल्ने आफ्नो पहिलो खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।
डिशहोमले आज दिउँसो ०३:१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज राती ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ।
यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४-महिनाको लागि रिचार्ज गरेको हुनुपर्ने छ। रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ।
साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार