Technology Khabar २२ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
आइतबारदेखि वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी मेन्स टि२० वर्ल्ड कप २०२४ अन्तर्गतको समुह चरणको सातौँ खेलमा आज ‘समूह डी’ मा रहेको नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्।
यो खेल डालास स्थित ग्य्राण्ड प्रेरी स्टेडियममा (डालासमा १०ः३० बिहान स्थानीय समय) नेपाली समय अनुसार मंगलबार राति ९ः१५ बजे हुँदै छ।
ग्रुप्स अफ डेथ मानिएको यस समूह डी’ मा नेपाल र नेदरल्याण्ड्स बाहेक बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन्।
देशले क्रिकेटको महाकुम्भमा प्रतिनिधित्व गरिरहँदा नेपालीहरुले आफ्नो देशको गेम कहाँ हेर्ने भनेर सोचनिय भईरहेका छन्।
त्यसैले यहाँ कसरी मोबाइल वा ल्यापटप वा टिभीमा नेपालको गेम हेर्न सकिन्छ भनेर जानकारी दिने प्रयास गरेका छौं।
आईसीसी मेन्स टि२० वर्ल्ड कप २०२४ का खेलहरु आधिकारीकरुपमा प्रत्यक्ष प्रशारण गर्दै आइरहेको स्टार स्पोर्टस् नेटवर्कको लिनियर फिड (टीभी) हाल श्रीलंका, बंगलादेश, नेपाल, भुटान र मालदिभ्स उपलब्ध रहेका छन्।
नेदरल्याण्ड्सको लागि भने एनओएस (टीभी) र आईसीसीडटटीभी (अनलाईन/स्ट्रिमिङ)हरु ब्रोडकास्ट पार्टनर्स रहेको छ।
साथै नेपाल र नेदरल्याण्ड्स बीचको आजको खेलको प्रत्यक्ष प्रसारण डिज्नी प्लस हटस्टार प्ल्याटफर्म्समा पनि उपलब्ध हुने छ।
यदि तपाईँसँग यी टिभी च्यानलहरुको सदस्यता छ भने टिभी र एपमा पनि हेर्नसक्नुहुनेछ।
तर यी सशुल्क च्यानलकहरुको ग्राहक सदस्यता छैन् भने तपाईँले आईसीसीको मोबाइल एपबाटनै आफ्नै मोबाइलमा हेर्न सक्नुहुनेछ।
यस बाहेक अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराएको छ। यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत हेर्न सकिन्छ।
यसको लागि तपाईँले पहिले आईसीसीको एप यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् र त्यसमा दिएका निर्देशनहरु पालना गरेर लाइभ क्रिकेट हेर्नुहोस्।
यस अघि सन् २०१४ मा पहिलो पटक आईसीसी मेन्स टि२० वर्ल्ड कपमा सहभागिता जनाएको नेपालले यस पटक एशियन क्वालिफायर्सको उपविजेता बन्दै सन् २०२४ को आईसीसी मेन्स टि२० वर्ल्ड कपमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो।
प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार