सांसदको गृहमन्त्रीलाई प्रश्न – ‘विपक्षीमा हुँदा उफ्रिने, एनसेल आजियाटाको कर कहाँ गयो?’

  • Technology Khabar | २२ जेष्ठ २०८१, मंगलवार
सांसदको गृहमन्त्रीलाई प्रश्न – ‘विपक्षीमा हुँदा उफ्रिने, एनसेल आजियाटाको कर कहाँ गयो?’

काठमाडौं ।

प्रतिनिधि सभाको आजको बैठकमा एनसेल आजियाटा लिमिटेडको करको हिसाब माग गरिएको छ।

सांसद रेखा यादवले प्रतिपक्षमा बस्दा मुलुकको चिन्ता हुने र अन्याय भयो भन्ने र बेईमानलाई सजाय दिनुपर्छ भनेर सदनमा जुरुक्क जुरुक्क उफ्रेको हामीले देखेकै हौं।

तर सत्तामा गएपछि कालेकाले मिलेर खाउँ भाले जस्तो हुँदै रहेछ भन्दै एनसेलको कर कहाँ गयो भन्ने प्रश्न गरिन्।

उनले भनिन कुन सरकारको कुन कुटीमा पस्यो? कहाँ गयो? बाटैमा छ कि? त्यसको जानकारी मलाई गृहमन्त्रीमार्फत जवाफ दिनुपर्छ।” उनले भनिन्।

उनले युवालाई देशभित्रै राख्ने व्यवस्था गर्न समेत आग्रह गरिन्।

प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार