डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष “स्मार्ट अफर”

Technology Khabar २२ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मुल्य प्रदान गर्नको लागि, डिशहोम फाईबरनेटले आफ्नो विशेष “स्मार्ट अफर” सार्वजनिक गरेको छ, जसले इन्टरनेट र डिटीएच (टी.भी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ।

ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन्।

रु.३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स  यो अफरमा भने ग्राहकहरुले मात्र रु।१६४९ मा पाउन सक्नेछन् । त्यस्तै ९९९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र रु.२९९९ मा लिन सक्नेछन् ।

डिजिटल होम इन्टरनेशनल (DHi) बाट साना देखि ठूला होम अपलायन्समा विशेष छुट लिन सक्नेछन्।

कम्पनीकाअनुसार, एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६-महिना प्याकेजको साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनुपर्ने छ। अथवा आफुले चलाईरहेको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा ६-महिनाको लागि रिचार्ज गर्नुपर्नेछ।

होम अपलायन्सेजमा भारी छुट लिनको लागि भने ग्राहकवर्गले १२-महिनाको इन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखी सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउनसक्नेछन । त्यसतै २४-महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया