भुक्तानी सेवा प्रदायक पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का

Technology Khabar २१ जेष्ठ २०८१, सोमबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक संस्थाहरुको बैंक खाता रोक्का गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरेको हो।

राष्ट्र बैंकले यी संस्थाबाट भईरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धित छानबिनको क्रममा रहेको सूचनामार्फत जानकारी दिएको छ।

दुबै संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो।

यसबाट ग्राहकहरुमा पर्नजाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानबिन सम्पन्न गरिने पनि राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया