एप्पल भिजन प्रो जुलाई महिनामा अन्तर्राष्ट्रिय बजारमा रोलआउट हुने

Technology Khabar २१ जेष्ठ २०८१, सोमबार

काठमाडौं ।

पहिलो पटक घोषणा भएको लगभग एक वर्षपछि र अमेरिकामा खुला बिक्रीमा गएको तीन महिना पछि एप्पल भिजन प्रो अब जुलाई महिनामा अन्तर्राष्ट्रिय रूपमा लन्च गरिने तयारीमा छ।

म्याकरुमर्सको नयाँ रिपोर्टअनुसार एप्पलले जुलाईको तेस्रो वा चौथो हप्तामा बेलायत, क्यानडा र चीनमा भिजन प्रो लन्च गर्ने उल्लेख छ।

त्यसैगरी नयाँ चर्चाहरूले बेलायतमा एप्पल स्टोरहरूले सोफाहरू सहित नयाँ फर्निचरहरू प्राप्त गरेका छन् र जुन ग्राहकहरूलाई एप्पल भिजन प्रो इन–स्टोर परीक्षण गर्नमा प्रयोग गरिने सुझाव दिएको उल्लेख छ।

यसबाहेक, बेलायतका धेरै एप्पल स्टोरहरूले कथित रूपमा जुलाईको लागि भनेर तिनीहरूले आफ्नो इन्टिरियर्स ताजा गर्ने योजना बनाएको र सम्भवतः एप्पल भिजन प्रोसँग सम्बन्धित नयाँ फर्निचर र प्रोमो सामग्रीहरू समायोजन गरिने छ।

एप्पलले आगामी जुन १० तरिखमा आफ्नो एनुअल डेभलपर कन्फरेन्स (वार्षिक विकासकर्ता सम्मेलन) आयोजना गर्दैछ, जहाँ भिजन प्रोको अन्तर्राष्ट्रिय रोलआउटले आधिकारिक पुष्टिकरण पाउने सम्भावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया