एनआईयू एन प्ले इलेक्ट्रिक मोटरसाइकल चीनमा अनावरण

Technology Khabar २१ जेष्ठ २०८१, सोमबार

काठमाडौं ।

एनआईयू एन प्ले इलेक्ट्रिक मोटरसाइकल चीनमा अनावरण गरिएको छ। साथै नयाँ एनआईयू इलेक्ट्रिक मोटरसाइकल चीनमा रहेका ग्राहकहरूलाई छुट मूल्यमा उपलब्ध गराइएको छ। यो इलेक्ट्रिक मोटरसाइकल म्याट ह्वाइट, म्याट ग्रे र म्याट ब्ल्याक कलर भेरियन्टमा उपलब्ध गराइएको छ।

यस एन प्ले इलेक्ट्रिक मोटरसाइकलमा १,२०० डब्ल्यू इलेक्ट्रिक मोटर समावेश गरिएको छ। यो मोटरले २,००० म्याक्सिम्म (अधिकतम) पावर र ११२ एनएम टर्क उत्पन्न गर्नेछ। साथै यसको टप स्पीड ५२ किलोमिटर प्रति घन्टाको रहेको छ भने यसमा ७२ भोल्ट २३ एम्पियरआवर्स (एएच) लिड–एसिड ब्याट्री फिचर गरिएको उल्लेख छ।

त्यसैगरी एन प्लेको आधिकारिक रेञ्ज्ञ ६५ किमी रहेको थप उल्लेख छ। यसबाहेक मोटरसाइकलको सिट ५८ सेन्टिमिटरको भएको र यसको सिट बकेटको क्षमता २० लिटर रहेको छ। साथै यस बाइकमा डबल–आर्म फेन्स फ्रेम पनि रहेको र यसमा ९०/९०–१२ वाइड (चौडा) स्पोर्टस् टायर प्रयोग गरिएको उल्लेख छ। त्यसैगरी ब्रेकिङ पावरतर्फ अगाडि र पछाडि डुअल डिस्क ब्रेक प्रदान गरिएको थप उल्लेख छ।

एनआईयू एन प्ले इलेक्ट्रिक मोटरसाइकलमा ३६० डिग्री फुल एलईडी लाइटिङ सिस्टम रहेको छ, जसमा एलईडी हेडलाइट, इन्टिग्रेटेड टेललाइट र हाई–माउन्टेड टर्न सिग्नलहरू समावेश गरिएको छ। इलेक्ट्रिक (विद्युतीय) मोटरसाइकलमा क्रुज कन्ट्रोल, पुशिङ असिस्ट र रिभर्सिङ असिस्ट फिचर गरिएको छ।

यसबाहेक, एनआईयू एन प्ले मा रहेका अन्य इन्टेलिजेन्स फिचरहरुमा ब्लुटुथ सेन्सिङ की, साइड स्ट्यान्ड सेन्सिङ फङ्गसन, इलेक्ट्रोनिक फसेट लक, रिमोट पावर अन/अफ, र रिमोट सिट बकेट ओपनिङ रहेका छन्।

मूल्य निर्धारण र उपलब्धता

एनआईयू प्ले इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४,३९९ युआन (६०७ अमेरिकी डलर) रहेको छ। यद्यपि यो हाल ४,०४७ युआन (५५९ अमेरिकी डलर) मा खुद्रा बिक्री भइरहेको र जेडीडटकम जस्ता चीनका खुद्रा प्लेटफर्महरूबाट किन्न सकिने जनाइएको छ।

एनआईयू प्ले इलेक्ट्रिक मोटरसाइकलको विश्वव्यापी उपलब्धता र मूल्य निर्धारण विवरणहरू सार्वजनिक नभएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया