फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

Technology Khabar २० जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा “भ्वाइस नोटिफिकेशन”सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्।

यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको  क्यु.आर भुक्तानी प्राप्त गर्ने  अनुभवलाई पुन: परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ।

यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, “नोटिफिकेसन सेटिङ” बाट “भ्वाइस नोटिफिकेशन” सुचारु गर्न सक्नेछन्।

आज बढ्दो गतिको व्यवसायिक वातावरणमा, व्यवसायहरूहरुले  विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केहि चुनौतीहरूको सामना गरेका छन्।

कम्पनीकाअनुसार, “भ्वाइस नोटिफिकेशन” सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ।

अब व्यवसायहरु आफ्नो व्यापार सञ्चालनमा पूर्ण  तरिकाले  केन्द्रित रहन सक्छन्। भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक-समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै  व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको बताएको छ।

प्रकाशित: २० जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया