टेस्लाले चिनियाँ ग्राहकहरूलाई अमेरिकाको फ्याक्ट्री नि:शुल्क भ्रमणको साथ लोभ्याउँदै

Technology Khabar १८ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

टेस्ला चाइना टोलीले स्थानीय ग्राहकहरूलाई आकर्षित गर्न आफूले सक्ने सबै प्रयोग गर्ने अन्तरगत फ्याक्ट्री अवलोकन गराउने योजना ल्याएको छ।

मे २५ देखि जुन ३० सम्म आफ्नो गाडीको डेलिभरी पूरा गर्ने चिनियाँ ग्राहकहरूले अमेरिकामा रहेको टेस्लाको फ्रिमन्ट कारखानाको नि:शुल्क भ्रमण जित्ने मौका पाउने विद्युतीय सवारी (इभी) निर्माता कम्पनीले वेईबोमा घोषणा गरेको छ।

यसको पोस्टर अनुसार, भाग्यशाली विजेताले गीगा फ्रिमन्टको १ दिनको यात्रा गर्न सक्षम हुनेछन्, र टेस्लाले गाडी मालिकको हवाई भाडा र चीनको जुनसुकै ठाउँबाट अमेरिकाको कारखाना भ्रमणको लागि यातायात खर्चहरू कभर गर्नेछ।

सीएनईभीपोस्टको रिपोर्टअनुसार, टेस्लाको पोस्टरले त्यहाँ कति भाग्यशाली विजेताहरू हुनेछन् भनेर उल्लेख गर्दैन, र यो अवसर केवल नयाँ टेस्ला गाडी खरिद गर्ने ग्राहकहरूको लागि मात्र उपलब्ध छ। गाडी मालिकहरूले अमेरिका भ्रमण गर्न आफ्नै भिसा प्राप्त गर्न आवश्यक छ।

गीगा फ्रिमन्ट भ्रमणको अतिरिक्त, जून ३० सम्म आफ्नो सवारी साधनको डेलिभरी पूरा गर्ने चिनियाँ ग्राहकहरूले पनि निःशुल्क १० हजार किलोमिटर सुपरचार्जिङ माइलेज प्राप्त गर्ने अवसर पाउने, टेस्लाको पोस्टरमा उल्लेख छ।

चीनमा यसले अधिक प्रतिस्पर्धी परिदृश्यमा थप दबाबको सामना गरिरहेसँगै टेस्लाले आफ्नो मार्केटिङ प्रयासहरू उल्लेखनीय रूपमा बढाएको बताईएको छ।

प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया