टेरामोसको मासिक अद्यावधिक खै भन्दै लेखा समितिमा रास्वपाका सांसदको प्रश्न

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

टेरामोसको मासिक अद्यावधिक खै भन्दै लेखा समितिमा रास्वपाका सांसदको प्रश्न
सार्वजनिक लेखा समिति बैठक काठमाडौँ, १७ जेठ ः प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं ।

सार्वजनिक लेखा समितिको बिहीबार) बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सांसद मनिष झाले टेरामोस (वा टेरामोक्ससमेत भनिने) को बारेमा प्रश्न गरेका छन्।

“टेरामोक्सको बारेमा ठूल–ठूला कुरा गर्यौं, अध्ययन गर्यौँ। तर त्यसको रिपोर्ट कहाँ छ भन्ने थाहा छैन। र त्यसको मन्थली अपडेट (मासिक अद्यावधिक) अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हामी (सार्वजनिक लेखा समितिको) लाई दिनु पर्ने हो। त्यो अपडेट कहाँ गयो र त्यो पनि हामीलाई थाहा छैन। र त्यसमा हामीले कहाँ प्रश्न सोधी रहेका छौँ त्यो पनि थाहा छैन” भन्दै रास्वपाका सांसद मनिष झाले टेरामोक्सको बारेमा आफ्नो जिज्ञासा व्यक्त गरेका छन्।

उनले गत वर्ष बेलायती संसदको एउटा अभ्यासको प्रस्ताव गरेको स्मरण गराउँदै यस्तो जानकारी अध्यावधिक गरिनुपर्ने बताए। साथै बेलायती संसदले त्यसलाई ६० दिन भित्र अपडेट गराइसक्नु पर्ने र त्यसको फर्छ्यौट गरिनसकेको खण्डमा पासपोर्ट होल्ड गरिदिने प्रचलन रहेको जानकारी दिएका थिए।

यसबाहेक सांसद झाले हाम्रा कति जनाले कसरी कहाँ अपचलन गर्छन र गरिराखेका छन् भनेर सबैलाई थाहा हुने भएपनि कठोर हुन नजानेकै कारणले गर्दा अपचलनहरु नियन्त्रण गर्न नसकिएको गुनासो गरे।

उनले भने, “हामी निरिह भइराखेका छौँ। हामीलाई हामीसँग भएको अख्तियारी प्रयोग गरेर कठोर हुन र यो तथ्याङ्कहरुलाई अलि कम गर्न हामीले जानीराखेका छैनौँ।”

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया