लेनोभोले स्थानीय उत्पादनका लागि साउदी अरेबियाबाट २ अर्ब डलर लगानी प्राप्त गर्ने

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ।

चिनियाँ टेक ब्राण्ड लेनोभोले स्थानीय उत्पादन स्थापना गर्न साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर लगानी प्राप्त गर्ने भएको छ।

लेनोभो समूहले साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) अन्तर्गतको कम्पनी एलाटसँग रणनीतिक सहयोग ढाँचा सम्झौता र बन्ड सदस्यता सम्झौतामा हस्ताक्षर गरेको छ। कम्पनीले यो वर्ष देशमा टेक्नोलोजी लगानी र उत्पादन विकास गर्ने प्लान्ट स्थापना गर्ने छ।

सम्झौताले लेनोभोले साउदी अरेबियामा सर्भर र पीसीहरूको लागि निर्माण आधार स्थापना गर्नेछ, भने यसको लागि अलाटबाट २ बिलियन अमेरिकी डलर लगानी मद्दत प्राप्त गर्नेछ।

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया