Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सरकारले भन्सार प्रणाली र भन्सार कार्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने घोषणा गरेको छ।
उनले बैंक तथा सूचना प्रणालीमा बुझाईएको बिबरणलाई एकरुपता हुने गरी समन्वयन गरिने बताए। यसैगरी करदाताले क्यूआरकोड मार्फतनै कर प्रमाणपत्र प्राप्त गर्नसक्ने बताए।
उनले सूचना प्रविधि प्रणालीमार्फत दाखिल हुने बिबरणहरु एपीआईमार्फत दाखिल गर्नसकिने गरी व्यवस्था मिलाईने र राजस्व प्रशासनलाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउन तथा कर सम्बन्धि सूचना विश्लेषण गर्न कृतिम बौद्धिकताको प्रयोग गर्ने बताए।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै सूचना प्रविधिमैत्री बनाउन अंकटाडसँग सहकार्य गर्ने बताए।
यसैगरी उनले भन्सार कार्यालयलाई मेटल डिटेक्टर, एक्सरे, ब्यागेज स्क्यानर र भेहिकल स्क्यानर लगायतका उपकरण जडान गरी आधुनिक प्रविधियुक्त बनाइनेछ।नेपाल राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाई एकीकृत प्रणाली मार्फत करदाताको व्यावसायिक समय र लागत घटाइने उल्लेख गरे।
मन्त्री पुनले भन्सार प्रज्ञापन पत्रमा भन्सार अधिकृतको डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याइने घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार