एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष घोषणा

  • Technology Khabar | १५ जेष्ठ २०८१, मंगलवार
एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष घोषणा
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं ।

सरकारले वार्षिकरुपमा अध्ययन, अनुसन्धान विकासमा संलग्न संस्थामा लगानी वृद्धि गर्दै जाने भएको छ।

यसका साथै सरकारले अध्ययन अनुसन्धानलाई जोड दिनेगरी वार्षिक बजेटमा निश्चित रकम छुट्याउने नीति लिने भएको छ।

सरकारले आगामी बजेटमार्फत अध्ययन अनुसन्धानका लागि पूँजीगत रकमको १ प्रतिशत रकम लगानी गर्ने नीति लिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै आगामी वर्ष १ अर्ब रुपैयाँको अनुसन्धान र विकास कोषको घोषणा गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार