Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सरकारले सबै सरकारी सेवा सुबिधालाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै सबै नागरिकलाई क्रमश राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने घोषणा गरे।
उनले लाइसेन्स, राहदानी, व्यक्तिगत घटना दर्ता भूमी व्यवस्था सवारी दर्ता तथा नवीकरण स्वास्थ्य बीमालाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने बताए।
प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार