शाओमीले सन् २०२४ मा एक लाख २० हजार युनिट एसयू७ इभी ढुवानी गर्ने लक्ष्य

  • Technology Khabar | १५ जेष्ठ २०८१, मंगलवार
शाओमीले सन् २०२४ मा एक लाख २० हजार युनिट एसयू७ इभी ढुवानी गर्ने लक्ष्य

काठमाडौं ।

शाओमीले सन् २०२४ मा एक लाख २० हजार इकाइहरू उपलब्ध गराउने लक्ष्य राख्दै आफ्नो इलेक्ट्रिक गाडी (ईभी) डिभिजनको लागि महत्वाकांक्षी योजनाहरू रहेको तोकेको कम्पनीको हालैको वित्तीय प्रतिवेदनले उल्लेख गरेको छ।

यसअघि कम्पनीले आफ्नो डेब्यू मोडल ‘एसयू७’ को लागि १ लाख संख्यामा डेलिभरीहरू पार गर्ने लक्ष्यको घोषणा गरेको थियो।

एसयू७ ले बलियो गति कायम राख्दै गर्दा शाओमीले सक्रिय रूपमा आफ्नो ईभी लाइनअपमा नयाँ थप इभीको विकास गरिरहेको उल्लेख छ। कम्पनीका अध्यक्ष लु वेइबिङले अतिरिक्त कार मोडलका लागि जारी परियोजनाहरूको पुष्टि गरेको तर एसयू७ डेलिभरीहरू पूरा गर्नमा उनीहरूको वर्तमान फोकसलाई जोड दिएका छन।

साथै शाओमीको नयाँ मोडलहरुको बारेमा गोपनीयता कायम राख्ने शाओमीको प्रतिबद्धताले गर्दा हाल अन्य थप विवरणहरु उपलब्ध छैनन्।

तर केहि चर्चाहरुका अनुसार, शाओमीको अर्को प्रस्तावको रुपमा अर्को एसयूभी हुने जनाइएको छ। सन् २०२५ मा लक्षित बजार रिलिजको साथ कम्पनीको उक्त नयाँ एसयूभी यस वर्षको अन्त्यमा आधिकारिक घोषणा हुने अपेक्षा गरिएको गिज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...