Technology Khabar १४ जेष्ठ २०८१, सोमबार
काठमाडौं ।
चिनियाँ टेक पावरहाउस शाओमीले सन् २०२४ को पहिलो त्रैमासिकमा ६.५ अर्ब युआन (८९७.६ मिलियन अमेरिकी डलर) को समायोजित खुद नाफा गरेको रिपोर्ट गरेको छ।
कम्पनीले सन् २०२४ को जनवरीदेखि मार्चसम्मको लागि आफ्नो वित्तीय नतिजाहरू लगातार दुई क्वार्टरमा दुई अंकको वार्षिक दरको वृद्धिको घोषणा गरेको छ।
शाओमी मुख्यतया कन्जुमर इलेक्ट्रोनिक्स र स्मार्ट म्यानुफ्याक्चरिङ (निर्माण) मा केन्द्रित रहेको र यसको आफ्नो कोर आईओटी प्लेटफर्मद्वारा स्मार्टफोन र हार्डवेयर पनि जोडिएको छ। शाओमी समूहको कुल राजस्व वार्षिक दरमा २७ प्रतिशतले बढेर ७५.५ बिलियन युआन (१०.४२ बिलियन डलर) पुगेको छ।
कम्पनीको समायोजित शुद्ध नाफा १००.८ प्रतिशतले बढेर ६.५ अर्ब युआन (८९७.६ मिलियन अमेरिकी डलर) पुगेको उल्लेख छ।
त्यसैगरी रिपोर्टले शाओमीले ब्रान्डको स्मार्ट इलेक्ट्रिक गाडीको विकासमा लगभग २.३ अर्ब युआन (३१७.६ मिलियन अमेरिकी डलर) खर्च गरेको संकेत पनि गरेको जनाइएको छ।
शाओमीको कूल नाफाको मार्जिन २२.३ प्रतिशत पुगेको र जुन २.८ प्रतिशत वार्षिक दरको वृद्धि भएको छ। शाओमीको सन् २०२४ को पहिलो त्रैमासिकमा भएको मुख्य व्यवसायहरूको नाफाको केन्द्रबिन्दु प्रभावशाली वित्तीय कार्यसम्पादन भएको जनाइएको छ।
शाओमीको विश्वव्यापी स्मार्टफोन ढुवानी यस अवधिमा ३३.७ प्रतिशत वार्षिक दरले बढेको (४०.६ मिलियन एकाइहरू ढुवानी) उल्लेख छ। त्यसैगरी स्मार्टफोनको राजस्वले लगातार चौथो त्रैमासिक वृद्धि हासिल गर्दै ४६.५ अर्ब युआन (६.४२ बिलियन अमेरिकी डलर) पुगेको छ।
शाओमीको इन्टरनेट अफ थिंग्स (आईओटी) को व्यापार मार्जिन धेरै प्रभावशाली भएको र उच्च रेकर्ड हिट गरेको छ। सन् २०२४ को ३१ मार्चमा समाप्त हुने अवधि भित्र स्मार्ट लार्ज होम अप्लाइन्सेन्स (ठूला घरेलु उपकरणहरू) ले बलियो गति देखाएको छ। आईओटी र लाइफस्टाइल (जीवनशैली) प्रडक्टरूको राजस्वले वार्षिक दरमा रेकर्ड कायम गर्दै २१ प्रतिशत वृद्धि भएर २०.४ बिलियन युआन (२.८२ बिलियन अमेरिकी डलर) भएको छ।
साथै शाओमीले आफ्नो ईभी व्यापार रणनीतिमा सुधार पनि देखेको र यसले प्रति वर्ष १००,००० युनिट उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८१, सोमबार