Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
नेपालमा २०८० फागुनसम्म डाटा इन्टरनेट सेवा प्रयोग गर्नेहरुको संख्या ४ करोड २१ लाख १८ हजार रहेको तथ्यांकले देखाएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायक मार्फत उपलब्ध गराएको डाटा सेवा २०८० फागुनसम्म ४ करोड २१ लाख १८ हजार प्रयोगकर्ताले प्रयोग गरेका छन्।
तथ्यांकअनुसार यसमध्ये सबैभन्दा धेरै डाटा इन्टरनेट सेवा प्रयोगकर्ताहरु नेपाल टेलिकमसँग छन्। कम्पनीले फागुनसम्म २ करोड १५ लाख ६९ हजाराई डाटा सेवा दिएको छ भने त्यसपछि इन्टरनेट सेवा प्रदायकहरुले कुल १ करोड २६ लाख ५९ हजारलाई सेवा दिएको देखिन्छ।
त्यस्तै एनसेल आजियाटा लिमिटेडसँग ७८ लाख ९१ हजार डाटा इन्टरनेट सेवा प्रयोगकर्ताहरु रहेका छन्।
नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायकहरुको डाटा इन्टरनेट सेवा प्रयोगकर्ता संख्या २०८० असार मसान्तसम्म अवधिको तुलनामा बढेको देखिएपनि एनसेलको भने घटेको देखिन्छ।
तथ्यांकअनुसार २०८० असार सम्म नेपाल टेलिकमसँग डाटा इन्टरनेट सेवा प्रयोगकर्ताहरु २ करोड ३६ लाख ६० हजार थिए भने इन्टरनेट सेवा प्रदायकहरुसँग कुल १ करोड ५ लाख २८ हजार थिए। तर एनसेलसँग भने सो अवधिमा ८९ लाख १४ हजार रहेको देखिन्छ।

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार