सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगको लागि ८३८ भर्चुअल मेसिन सञ्चालनमा

  • Technology Khabar | १३ जेष्ठ २०८१, आईतवार
सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगको लागि ८३८ भर्चुअल मेसिन सञ्चालनमा

काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन्।

उनले संसदमार्फत सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण भएको छ। जसअनुसार, हालसम्म उक्त प्रणालीमा २६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाईभ गरेका छन् ।

सार्वजनिक भएको तथ्यांकअनुसार २०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका ३४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगको लागि ८३८ भर्चुअल मेसिन सञ्चालनमा रहेका छन्।

यसका साथै चालु आवको फागुन महिनासम्म ३७२ नयाँ अनलाइन संचार संस्था दर्ता भएका छन् भने सो अवधिमा कुल १ हजार ३०० अनलाइन नविकरण भएका छन्।

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...