अन्तरिक्षबाट निस्केको स्याटेलाइटको भग्नावशेष पृथ्वीमा कहाँ राखिन्छ? जान्नुहोस् सो स्थानको बारेमा

Technology Khabar १३ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

अहिले हजारौं स्याटेलाइट (भूउपग्रह)हरू पृथ्वीको माथि अन्तरिक्षमा घुमिरहेका छन्। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि पुराना वा क्षतिग्रस्त भूउपग्रहहरू अन्तरिक्षबाट ल्याएर पृथ्वीमा कहाँ राखिन्छ? आजको यो लेखमा हामी तपाईलाई त्यही बताउने छौं।

स्याटेलाइट खराब हुँदा के हुन्छ?

स्पेस साइन्सको रिपोर्टका अनुसार जब कुनै भूउपग्रहको म्याद समाप्त हुन्छ वा क्षति पुग्छ, त्यसलाई हटाउन दुईवटा विकल्प हुन्छन्। यी दुवै विकल्पहरू भूउपग्रह पृथ्वीको कक्षबाट कति दूरीमा छ भन्ने कुरामा निर्भर गर्दछ।

यदि भूउपग्रह उच्च कक्ष अर्थात जीयोस्टेशनरी अर्बिटमा छ भने, वैज्ञानिकहरूले यसलाई अन्तरिक्षमा थप टाढा पठाउँछन्, ताकि यो पृथ्वीको कक्षबाट टाढा जान्छ र पृथ्वीमा खस्ने खतरा रहँदैन। तर, यदि भूउपग्रह तल्लो कक्षमा छ भने, वैज्ञानिकहरूले यसलाई पृथ्वीमा अवतरण गराउँछन्। तर अवतरणको क्रममा, अधिकांश भूउपग्रह पूर्ण रूपमा नष्ट हुन्छ। यसलाई स्याटेलाइट डेब्रिस वा भूउपग्रह भग्नावशेष वा फोहोर भनिन्छ।

फोहोर कहाँ राखिएको छ ?

पृथ्वीमा एक विशेष स्थान छ जहाँ स्याटेलाइटको फोहोर राखिएको छ। यसलाई पोइन्ट निमो (Point Nemo) भनिन्छ। यो मानव बस्तीबाट यति टाढा छ कि त्यहाँ सामान्य मानिस पुग्न लगभग असम्भव छ। यो ठाउँलाई समुद्रको सुदुर केन्द्र पनि भनिन्छ। निमो एक ल्याटिन शब्द हो, जसको अर्थ हो (जहाँ कोही बस्दैन)। यो ठाउँ दक्षिण अमेरिका, अष्ट्रेलिया र न्यूजील्याण्डको बीचमा अवस्थित छ।

यो ठाउँको बारेमा मानिसलाई पहिले थाहा थिएन । यो लगभग २९ वर्ष पहिले एक क्यानाडाली इन्जिनियरले विशेष फ्रिक्वेन्सीको सहयोगमा पत्ता लगाएका थिए। भनिन्छ यो ठाउँ कुनै पनि ठूला देशको सिमामा पर्दैन। कुनै पनि टापु यस स्थानबाट लगभग २६८८ किलोमिटर टाढा छ। यही कारणले गर्दा यो ठाउँलाई विश्वको सबैभन्दा सुनसान ठाउँ पनि भनिन्छ।

रिपोर्टका अनुसार यस ठाउँमा हालसम्म २ सयभन्दा बढी स्याटेलाइटको भग्नावशेष संकलन भइसकेको छ।

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया