
काठमाडौं ।
युरोपेली संघको अदालती फाइलिङ अनुसार, एप्पलले आफ्नो एप स्टोरमा स्पोटिफाई र अन्य स्ट्रिमिङ प्रतिद्वन्द्वीलाई प्रतिबन्ध गरी अवरोध पुर्याएकोमा ईयू एन्टिट्रस्ट नियामकहरूले लगाएको १.८४ अर्ब यूरो (२ अर्ब अमेरिकी डलर) जरिवानालाई युरोपको दोस्रो सर्वोच्च अदालतमा चुनौती दिएको छ।
मार्चमा युरोपेली आयोगले जरिवाना बुझाउन लगाएपछि एप्पलले पुनरावेदन गर्ने बताएको थियो। त्यसैगरी ईयू एन्टिट्रस्ट नियमहरू उल्लङ्घन गरे बापत कम्पनिको लागि यो पहिलो जरिवाना हो भने प्रतिस्पर्धा विरोधी व्यवहारको लागि कम्पनीलाई लगाइएको यो तेस्रो ठूलो जरिवाना भएको उल्लेख छ।
लक्जेमबर्गस्थित तल्लो अदालतले गरेको फैसलाको विरुद्ध युरोपको टप कोर्ट ‘युरोपेली संघको कोर्ट अफ जस्टिस’मा पुनरावेदनको मुद्दा अझै केही वर्ष तानिन सक्ने रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार