नवीनतम प्रविधि प्रयोग अनुसरण गर्न सुझाव

Technology Khabar ११ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माले चिकित्सा विज्ञानमा ‘रोबोटिक’ प्रविधि विकास भइसकेकाले सोही अनुरूप नवीनतम प्रयोग अनुसरण गर्न सुझाव दिएका छन्।

नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले चिकित्सा विज्ञानमा आएको परिवर्तन र प्रविधि विकाससँगै गुणस्तरीय शिक्षामा सैनिक महाविद्यालयले विशेष ध्यान दिनुपर्ने बताए।

उनले मुलुकलाई आवश्यक पर्ने दक्ष चिकित्सक जनशक्ति उत्पादनमा प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गर्नुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले स्वास्थ्य शिक्षाजस्तो जटिल विधामा प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गरेको प्रयासको सराहना गर्दै चिकित्सा शिक्षामा प्रतिष्ठानले तल्लो वर्गलाई समेत अवसरको ढोका खोलेकोमा प्रशंसा गरे।

प्रतिष्ठानका अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शिक्षा तथा नर्सिङ शिक्षातर्फ विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्यस्तै चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस, बिएस्सी नर्सिङ, बिएन, बिपिएच तथा बिएससिएमएलटी तथा प्रमाणपत्र तहका पिसिएल नर्सिङ, जनरल मेडिसिन,
फार्मे सी, रे डियोग्राफी, फिजियोथेरापी र सिएमएलटी विधामा अध्यनरत शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गोरखापत्रबाट

प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया