कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन अनलाइन आवेदन दिन सकिने

  • Technology Khabar | ११ जेष्ठ २०८१, शुक्रबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन अनलाइन आवेदन दिन सकिने

काठमाडौं ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइनबाट आवेदन दिन सकिने भएको छ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रामपुर, चितवनले सार्वजनिक सूचनामार्फत चौथो दीक्षान्त समारोह (२०८१) मा भाग लिन अनलाइनबाट Online आवेदन फाराम भर्नसकिने जानकारी दिएको हो।

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा वि.सं. २०८१ साल असार ३ गते आयोजना गरिने चौथो दीक्षान्त समारोहमा भाग लिन यस विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरी २०७१ साल चैत ७ गतेदेखि २०६१ साल जेठ १४ गतेसम्ममा ट्रान्सक्रिप्ट लिएका र लिने विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि तह पूरा गरी प्रमाणपत्र लिएका र लिने विद्यार्थीहरू सहभागी हुनसक्ने छन्।

उक्त मापदण्डमा परेका विद्यार्थीहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://exam.afu.edu.np मार्फत अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...