पोल भाडा जेठ मसान्त भित्र नतिरेमा नेपाल टेलिकमले कोशी प्रदेशमा इन्टरनेटको तार हटाउने

Technology Khabar ९ जेष्ठ २०८१, बुधबार

पोल भाडा जेठ मसान्त भित्र नतिरेमा नेपाल टेलिकमले कोशी प्रदेशमा इन्टरनेटको तार हटाउने
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को विराटनगर कार्यालयले आफ्नो पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको तार हटाउने भएको छ।

टेलिकमको प्रादेशिक निर्देशनालयले जेठ महिनाको अन्तिमसम्म पोलभाडा बापतको रकम नबुझाएमा सबै तार हटाउने सार्वजनिक सूचना जारी गरेको छ।

केवल टिभी र इन्टरनेट सेवा प्रदायकहरूले पोल प्रयोग गर्नका लागि तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०/८१ सम्मको पोलभाडा बापतको रकम २०८१ जेठ मसान्तभित्र बुझाउन भनिएको छ।

“सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने” सूचनामा भनेको छ।

प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया