एन्ड्रोइड १५ बिटा यी डिभाइसहरुका लागि उपलब्ध हुने

Technology Khabar ८ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

गुगल आई/ओ २०२४ इभेन्ट मे १४ तारिखमा सुरु भए लगत्तै, स्मार्टफोन कम्पनीहरूले सिमित प्रिमियम स्मार्टफोनहरूको लागि एन्ड्रोइड १५ बिटाको उपलब्धता घोषणा गर्न थालेका छन्। यसले प्रयोगकर्ताहरूलाई स्टेबल (स्थिर) रिलिजको लागि महिनौं पर्खिनु पर्ने बाध्यता हटाई नयाँ अपरेटिङ सिस्टम (ओएस) को प्रारम्भिक अनुभव हासिल गर्न अनुमति दिनेछ।

गुगलले फेब्रुअरी र मार्च महिनामा एन्ड्रोइड १५ र त्यसपछि अप्रिल महिनामा बिटा १ को लागि धेरै एन्ड्रोइड डेभलपर प्रिभ्यू बिल्ड (विकासकर्ता पूर्वावलोकन निर्माण)हरू जारी गरेको थियो। यी नयाँ निर्माणहरू गुगल पिक्सेल डिभाइसहरूले पहिले प्राप्त गर्ने गरेको र त्यसपछि अन्य ब्रान्डहरूले प्राप्त गर्ने गर्दछन्।

एन्ड्रोइड १५ बिटा अप्रिलदेखि योग्य गुगल पिक्सेल्सको लागी उपलब्ध भएको हुनाले तिनीहरूलाई यस पोस्टमा समावेश गरेका नगरिएको  गीज्मोचाइनाले जनाएको छ।

एन्ड्रोइड १५ बिटा उपलब्ध हुने डिभाइसको सूची

  • नथिंगफोन २ए
  • भिभो एक्स१००
  • आईक्यू ओओ १२
  • वनप्लस १२
  • वनप्लस ओपन
  • शाओमी १४
  • शाओमी १३टी प्रो
  • शाओमी प्याड ६एस प्रो १२.४
  • रियलमी १२ प्रो+ ५जी
  • ओनर म्याजिक भी२
  • ओनर म्याजिक ६ प्रो
  • टेक्नो क्यामन ३० प्रो ५जी
  • ओप्पो फाइन्ड एन३
  • ओप्पो फाइन्ड एक्स७
  • लेनोवो ट्याब एक्स्ट्रिम
  • शार्प एक्यूओएस सेन्स ८

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

८ जेष्ठ २०८१, मंगलवार

‘End of an era’: MTV pulling plug on global music channels

८ जेष्ठ २०८१, मंगलवार

AI training for trekking agencies begins

८ जेष्ठ २०८१, मंगलवार