Technology Khabar ५ जेष्ठ २०८१, शनिबार
काठमाडौं ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई कम्प्युटर (ल्यापटप) उपलब्ध गराइएको छ।
विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको विद्यालयले जनाएको छ।
प्रविधिको विकाससँगै शिक्षकहरूको क्षमता विकासका लागि प्रत्येक शिक्षक तथा कर्मचारीलाई एक/एक ओटा ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर मल्लले जानकारी दिए।
शिक्षकलाई कम्प्युटरसम्बन्धी ज्ञानमा दक्ष बनाउन दुई महिनाको तालिमसमेत विद्यालयमै सञ्चालन गरिएको थियो।
यस विद्यालयमा स्मार्ट बोर्डबाटै पढाइ हुने गरेको छ। स्मार्ट बोर्डबाट हुने पठनपाठन कार्यलाई प्रभावकारी तथा सहज बनाउन शिक्षकहरूलाई तालिम र कम्प्युटरसमेत व्यवस्था गरिएको विद्यालयले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: ५ जेष्ठ २०८१, शनिबार