Technology Khabar ५ जेष्ठ २०८१, शनिबार
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ।
एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गरे।
गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो । कार्यलयका प्रमुख राकेश कुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायतको सेवा प्रवाह गरिएको बताए। उनले शुक्रबारबाट चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरू गरिएको जानकारी दिए।
कार्यालय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो।
यातायात व्यवस्था विभागको निर्णयअनुसार तत्काल सर्लाहीका लागि प्रतिदिन दुई सय मोटरसाईकल, ५० स्कुटर, एक सय जिप तथा कार, १० अट्टो रिक्सा, ५० ट्रयाक्टर र ३०/३० ओटा जेसिबी तथा डोजरको कोटा तय भएको कार्यालयले जनाएको छ।
प्रकाशित: ५ जेष्ठ २०८१, शनिबार