स्ट्रिप च्याटमार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने युवती पक्राउ

  • Technology Khabar | ४ जेष्ठ २०८१, शुक्रबार
स्ट्रिप च्याटमार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने युवती पक्राउ

काठमाडौं ।

स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई ‘स्ट्रिप च्याट’मा प्रयोग गरेका ल्यापटप, मोबाइल, वेब क्यामरा र पारदर्शी कपडासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

अधिकारीले बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाईन टाइपिङको रोजगारी उपलब्ध गराई दिने भन्दै सामाजिक संजालमा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्टमार्फत अश्‍लिल कुराकानी गर्न लगाउने र अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराई अश्‍लिल सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिएको छ।

उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसूर मुद्दामा आवश्यक कारावाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार