
काठमाडौं ।
नेपालमा विद्युतीय सवारीको बजार दीगो बनाउन स्थिर कर नीति आवश्यक रहेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजेन्द्रबाबु श्रेष्ठले बताएका छन्। बिहीबार काठमाडौंमा बजेट तयारी सम्बन्धी छलफलमा उपाध्यक्ष श्रेष्ठले ईभीको बढ्दो बिक्री कायम राख्न दीर्घकालीन समान नीति कायम गर्न सुझाव दिएका छन्।
‘पछिल्लो समय ईभीको बिक्री बढी रहेको छ। बजारलाई कायम राख्न दीर्घकालीन नीति आवश्यक छ,’ श्रेष्ठले भने, ‘भोलिका दिनमा ईभी सम्बन्धी नीति परिवर्तन हुँदा बजारमा प्रभाव पर्छ।’
अहिले ईभीको बिक्री बढेकाले सबै अटोमोबाइल क्षेत्र राम्रो भइरहेको देखिएको नाडाका अध्यक्ष करण चौधरीले बताए।
आईसी घटेको कारण ईभी बढेको देखिएको छ। वास्तवमा त्यो स्थिति हो हैन भनेर चौधरीले प्रश्न गरे। आईसी इन्जिनका सवारीका सम्बन्धमा करका दरहरु खुकुलो पारेर सबै स्पष्ट हुने उनले आसय व्यक्त गरे।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारी साधनले बजारमा राम्रो प्रदर्शन गरेको बताए।
राजस्वको मार्फत सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको छ। साथै ईभीले नेपालको ग्रिन इनर्जीलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार