एप्पलले अमेरिका बाहिर मिक्स्ड-रियालिटी हेडसेट ‘भिजन प्रो’ बेच्ने तयारी

Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ।

एप्पलले संयुक्त राज्य अमेरिका बाहिर आफ्नो भिजन प्रो मिक्स्ड-रियालिटी हेडसेट बेच्न तयारी गरिरहेको ब्लूमबर्ग न्यूजले रिपोर्ट गरेको छ। कम्पनीले वर्षहरूमा सबैभन्दा महँगो डिभाइसको मागलाई बलियो बनाउनको लागि नयाँ कदम चाल्न लागेको बताईएको छ।

आईफोन निर्माताले आफ्ना अन्तर्राष्ट्रिय स्टोरहरूबाट सयौं कर्मचारीहरूलाई कुपर्टिनो, क्यालिफोर्नियामा ल्याएको छ र उनीहरूलाई ३,४९९ डलरको हेडसेट कसरी ग्राहकहरूलाई देखाउने भनेर तालिम दिन थालेको यस विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टमा थपिएको छ।

एप्पलले जुन १० देखि जुन १४ सम्म हुने तय भएको विश्वव्यापी विकासकर्ता सम्मेलन (डब्लुडब्लुडीसी) पछि आफ्नो भिजन प्रोलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउने योजना बनाएको रिपोर्टमा उल्लेख छ।

जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, सिंगापुर र चीनबाट ल्याईएका कर्मचारीहरूको तालिमका लागि चार दिनसम्म लाग्छ, र डिभाइसका लागि यी पहिलो अन्तर्राष्ट्रिय बजारहरू मध्ये केही हुनेछन्।

भिजन प्रो हेडसेट गत वर्ष जुनमा अनावरण गरिएको थियो र फेब्रुअरी २ बाट संयुक्त राज्य अमेरिकामा बजारमा ल्याईयो। अन्तर्राष्ट्रिय बजारमा हेडसेटको लन्चले एप्पललाई आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन आईफोनको बिक्री सुस्त भएको समयमा ग्राहकहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्नेछ।

यसअघिनै एप्पलका सीईओ टिम कुकले चीनमा उक्त डिभाइस उपलब्ध गराउने बताईसकेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया