अमेजन वेब सर्भिसेज जर्मनीमा ८.४ बिलियन डलर क्लाउड लगानी गर्ने योजनामा

  • Technology Khabar | ३ जेष्ठ २०८१, बिहीबार
अमेजन वेब सर्भिसेज जर्मनीमा ८.४ बिलियन डलर क्लाउड लगानी गर्ने योजनामा

काठमाडौं ।

अमेजन वेब सर्भिसेजले जर्मनीमा ८.४ बिलियन डलर लगानी गर्ने योजनामा बनाएको छ। एडब्यूएसले बुधाबार २०४० सम्म जर्मनीमा ८.४४ बिलियन डलरको लगानी गर्ने योजना बनाइरहेको बताएको छ। यस लगानी मार्फत कम्पनी युरोपका लागि क्लाउड कम्प्युटिङ पूर्वाधार निर्माण गर्दैछ।

एडब्यूएसले गत वर्ष उच्च नियमित उद्योगहरूमा सरकार र ग्राहकहरूको लागि डाटा गोपनीयता सुरक्षित गर्न युरोपियन युनियनमा अवस्थित सर्भरहरूमा डाटा भण्डारण गर्ने योजनाहरूको घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले सन् २०२५ को अन्त्यसम्ममा जर्मन राज्य ब्रान्डनबर्गमा धेरै डाटा सेन्टरहरू खोल्ने जनाएको छ जुन सबै ग्राहकका लागि उपलब्ध हुनेछ।

नयाँ लगानीले स्थानीय जर्मन व्यवसायहरूमा प्रत्येक वर्ष औसत २ हजार फुल टाइम जागिरहरूलाई समर्थन गर्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

गत हप्ता एडब्यूएसलले टेलिफोनिका जर्मनीलाई यस महिनाको अन्त्यबाट १० लाख फाइभजी ग्राहकहरूलाई आफ्नो क्लाउड प्लेटफर्ममा सार्न मद्दत गर्ने बताएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...