Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
भारतमा टीभीएसले सस्तो भेरियन्टको आईक्यू इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। नयाँ ईस्कुटको मूल्य ९५ हजार भारु भन्दा कम छ।
नयाँ टीभीएस स्कुटरको सुरुवाती मूल्य ९४ हजार ९९९ भारु (एक्स शोरुम) तोकिएको छ। यसमा २.२ किलोवाट आवरको ब्याट्री छ। यस स्कुटर अधिकतम गति ७५ किलोमिटर छ। २ घण्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।
५ इन्चको कलर स्क्रीनमा उपलब्ध स्कुटरमा थ्रेप्ट अलर्ट फिचर पनि छ। स्कुटर दुई कलर विकल्प वालनट ब्राउन र पर्ल ह्वाइटमा उपलब्ध छ।
यसका साथै टीभीएसले आईक्यूको दुई मोडल एसटी भेरियन्टको डेलिभरी पनि घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यो स्कुटर ३.४ किलोवाट आवर र ५.१ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ।
टीभीएस आईक्यूब एसटी दुई मोडलमो मूल्य क्रमशः १ लाख ५५ हजार भारु र १ लाख ८३ हजार भारु (एक्स शोरुम) तोकिएको छ।
३.४ किलोवाट ब्याट्री मोडलको टीभीएस आईक्यूब एसटीको रेञ्ज १०० किलोमिटर छ। ८० प्रतिशत चार्ज हुने २ घण्टा ५० मिनेट लाग्छ।
५.१ किलोवाट मोडलले १५० किलोमिटर रेञ्ज दिन्छ र ८० प्रतिशत चार्ज हुन ४ घण्टा १८ मिनेट लाग्छ।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार