Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
गुगलले बुधबार आफ्नो आई/ओ २०२४ डेभलपर कन्फ्रेन्स (विकासकर्ता सम्मेलन) मा डाटा सेन्टरहरूका लागि ट्रिलियम कोडनेम भएको आफ्नो टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) को छैठौं पुस्ताको घोषणा गरेको छ।
यद्यपि लन्च गरिने मितिको विवरणको बारेमा भने केही पनि उल्लेख छैन्।
ट्रिलियम टीपीयू ले मेमोरी ब्यान्डविथ दोब्बर गरेको छ
गुगलका सीईओ सुन्दर पिचाईले एआई इनोभेसन प्रति गुगलको लामो समयदेखिको प्रतिबद्धतालाई जोड दिँदै भने, “गुगल यस क्षणको लागि जन्मिएको हो। हामी एक दशक भन्दा बढीको समयदेखि जीपीयूमा पायोनियर रहँदै आएका छौं।”
त्यसैगरि पिचाईले ट्रिलियमको प्रभावशाली पर्फमेन्स गेन्स (प्रदर्शन लाभहरू) सार्वजनिक गरेका थिए। साथै पाँचौं पुस्ताको टीपीयूको तुलनामा, ट्रिलियमले प्रति चिप कम्प्युटिङ पावरमा ४.७ गुणा सुधार गरेको उल्लेख छ। गुगलले चिपको म्याट्रिक्स मल्टिप्लिकेसन युनिट (एमएक्सयू) सुधार गरेर र समग्र क्लक स्पिड (घडीको गति) बुस्ट गरेर यो सुधार हासिल गरेको जनाइएको छ। यसबाहेक, ट्रिलियमले दोब्बर मेमोरी ब्यान्डविथबाट फाइदा लिने बताईएको छ।
ट्रिलियमले गुगलको तेस्रो पुस्ताको स्पार्सकोर टेक्नोलोजी समाहित गर्दछ, जसलाई “उन्नत श्रेणी र सिफारिस कार्यभारहरूमा सामान्य लार्ज–स्केल टास्क (कार्य) हरूका लागि एक उद्देश्य–निर्मित एक्सेलेटर” भनेर वर्णन गरिएको छ। यसले ट्रिलियम टीपीयूलाई मोडलहरूलाई छिटो तालिम दिन र ती मोडलहरूलाई सेवा दिँदा कम विलम्बता (लो ल्याटेन्सि) प्रदान गर्न अनुमति दिनेछ।
त्यसैगरी गुगलको अर्को मुख्य फोकस इनर्जी इफिसियन्सी (ऊर्जा दक्षता) भएको उल्लेख गरिएको छ। पिचाईले ट्रिलियमलाई कम्पनीको “सबैभन्दा इनर्जी– इफिसियन्ट” टीपीयू को रूपमा हाइलाइट गरे।
गुगलले ट्रिलियमले अघिल्लो पुस्ताको तुलनामा इनर्जी इफिसियन्सि (ऊर्जा दक्षता) मा ६७ प्रतिशत सुधार प्रदान गरेको दाबी गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार