Technology Khabar २ जेष्ठ २०८१, बुधबार
काठमाडौं ।
लेनोभो र मोटोरोलालाई जर्मनमा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। अदालतको निर्णय पछि लेनोभो र यसको सहायक कम्पनी मोटोरोलाई जर्मनमा प्रतिबन्ध लगाइएको हो।
डब्ल्यूडब्ल्यूएएन मोड्यूलका सम्बन्धी पेटेन्ट उल्लंघनका बारेमा लेनोभो र अमेरिकामा आधारित इन्टरडिजिटल बीच कानुनी विवाद छ। यी मोड्युलहरूले स्मार्टफोन र अन्य पोर्टेबल डिभाइसमा वायरलेस मोबाइल कनेक्सन सक्षम गर्दछ।
अदालतको फैसलाको नतिजाको रुपमा जीएसएम, यूएमटीएस, एलटीई र फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने सबै डिभाइसलाई जर्मन बजारमा बिक्रीका लागि अनुमति दिइने छैन।
पछिल्लो एज ५० लाइनअप सहित यसमा केही लेनोभो मोबाइल डिभाइस र मोटोरोला स्मार्टफोन समावेश छन्।
अदालतले फैसला गरेको छ कि लेनोभोले ती टेक्नोलोजीको प्रयोग गर्छ जसमा इन्टरडिजिटलको पेटेन्ट छ। र चिनियाँ कम्पनीले निष्पक्ष र उचित लाइसेन्स शुल्कका लागि इन्टरडिजिटलको माग पूरा गरेको छैन। अदालतको निर्णयको विपरीत, लेनोभो विश्वास गर्दछ कि इन्टरडिजिटलका सर्तहरू उचित छैनन् र अदालतको निर्णयमा अपील गर्नेछ।
हालसम्म, थ्रर्ड पार्टी रिटेलरले स्टक समाप्त नभएसम्म लेनोभो र मोटोरोला–ब्रान्डेड डिभाइस बेचिरहेका छन्, तर दुई कम्पनीहरूले अब आफ्नो आधिकारिक वेब स्टोरहरूमा डब्ल्यूडब्ल्यूएएनसँग डिभाइस सूचीबद्ध गर्दैनन्। सामान्यतया मामला जस्तै, दुई कम्पनीहरु अदालत बाहिर एक सम्झौता पुग्ने सम्भावना छ र प्रभावित मोबाइल डिभाइस बिक्रीका लागि उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। यस्तोमा लेनोभो र मोटोरोलाको डिभाइस माथिको प्रतिबन्ध कहिलेसम्म जर्मनमा कायम रहन्छ भन्ने टुंगो छैन।
प्रकाशित: २ जेष्ठ २०८१, बुधबार