Technology Khabar १ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सबै सरकारी सेवा नागरिक एपबाटै पाइने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आबद्ध गरी मोबाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाइने बताएका हुन्।
साथै उनले राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रभाव हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आर्वद्ध गरिने बताए।
आगामी आवमा कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफतसम्बन्धी एकीकृत केन्द्रीय अभिलेख अद्यावधिक गरी तिनको उचित व्यवस्थापन गरिने, राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवासुविधासँग आबद्ध गरिने सरकारको नीति छ।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार