Technology Khabar १ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख तथा सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाईने भएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नीति घोषणा गरे।
राष्ट्रपति पौडेलले एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्डलाई विद्युतीय बनाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था बनाईने बताए।
प्रत्येक प्रदेशका एक संघिय र दुई अन्य अस्पतालहरुमा टेलिमेडिसिन सेवा संचालन गरिने घोषणा गरे
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार