
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित र पहुँच योग्य बनाइने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरिने बताएका हुन्।
‘दिगो तथा वातावरणमैत्री एकीकृत यातायात प्रणालीको विकास गरिनेछ,’ पौडेलले भने।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार