
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत र नापी सेवा अनलाइन मार्फत स्थानियतहबाटै उपलब्ध गराउने बताएका छन्। आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले मालपोत र नापी सम्बन्धि आधारभूत सेवा स्थानियतहबाट एकीकृत रुपमा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताएका हुन्।
‘नाप, नक्सा सम्बन्धित कार्यलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाइने छ। डाइनामिक डाटम परिभाषित गरी नाप, नक्सा कार्यलाई यथार्थपर बनाइने छ। स्याटेलाइट प्रविधिमा आधारित नियन्त्रण आधार विन्दुको सञ्जाल विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको पुर्न नापी गरी अभिलेख अद्यावधिक गरिने छ,’ पौडेलले भने, ‘भूमिको प्रकृति स्वरुप र सम्भावनाको आधारमा तीन तहको भूउपयोग परियोजना तयार गरी प्रदेश तथा स्थानियतहको कार्यान्वयन क्षमता बढाइने छ।’
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार