शाओमी मिक्स फ्लिपको रियल–लाईफ ईमेज पहिलो पटक देखियो

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
शाओमी मिक्स फ्लिपको रियल–लाईफ ईमेज पहिलो पटक देखियो

काठमाडौं ।

शाओमीको आगामी मिक्स फ्लिप चीनको ३सी सर्टिफिकेसनमा देखा परेको छ। साथै यो डिभाइसमा ६७ डब्ल्यू चार्जिङ सपोर्ट रहने खुलासा पनि भएको छ।

यसै क्रममा आईतबार, स्मार्टफोनको रियल–लाईफ ईमेज (वास्तविक तस्बिर) वेइबोमा देखा परेको उल्लेख गरिएको छ। उक्त ईमेज (तस्बिर) ले फोनको पछाडिको भाग, कभर स्क्रिन र त्यस माथिको खण्डमा दुईओटा एलईडी फ्ल्यासहरूका साथै डुअल क्यामरा मोड्युल रहेको देखाएको छ।

त्यसैगरी, मोड्युलमा लाइका लोगो रहेको हुनाले मिक्स फ्लिपको क्यामरा प्रणालीको लागि दुई कम्पनी बीच साझेदारी गरिएको हुनसक्ने अनुमान छ।पछाडिको अर्को आधा भागको तल सुनौलो फिनिश शाओमी लोगोको रहेको छ।

स्पेसिफिकेशनको सन्दर्भमा, फोल्डेबल अप्टिकल इमेज स्ट्याबिलाइजेसनको साथ ५० मेगापिक्सेल प्राइमरी क्यामरा र २ह टेलिफोटो क्यामराको लागि ओम्निभिजन ओभी६०ए½.८” सेन्सरको साथ आउने अपेक्षा गरिएको छ।

डिभाइसले वायरलेस चार्जिङलाई समर्थन गर्ने छ भने वाटर रेसिस्टेन्ट पनि हुने छ। फोल्डेबललाई स्न्यापड्रागन ८ जेन ३ एसोसीले पावर गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, फोल्डेबलले स्याटेलाइट कनेक्टिभिटी सपोर्ट पनि प्राप्त गर्ने रिपोर्टहरूको सुझाव छ।

मिक्स फ्लिप स्मार्टफोन टर्की सहित विभिन्न देशहरूमा उपलब्ध हुनेछ भने यो भारतमा उपलब्ध नहुने अर्को रिपोर्टले दाबी गरेको छ।

शाओमीले लन्चको समयमा मिक्स फ्लिपलाई मिक्स फोल्ड ४ सँग पेयर गर्ने सम्भावना रहेको जनाइएको छ। नामले सुझाव दिएझैं ‘फोल्ड ४’ कम्पनीको चौथो पुस्ताको फोल्डेबल हो जसले मिक्स फ्लिप जस्तै स्न्यापड्रागन ८ जेन ३ चिप प्राप्त गर्नेछ।

यस फोल्ड ४ को क्यामरा स्पेक्स पनि मिक्स फ्लिपको जस्तै हुनेछ जसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स थपिएको उल्लेख छ।

साथै, शाओमीको आगामी दुबै शाओमी फोल्डेबल अविश्वसनीय रूपमा पातलो हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...